सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले जित्यो उपाधि

Share:
133

कराँची, फागुन ३ । न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय शृङ्खला उचालेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको दिवा रात्रि फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएको हो।

पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७ तथा टम लाथमले ५६ रनको योगदान गरे। डेभिड कोन्वे ४८ तथा केन विलिम्सन ३४ रन जोडे। पाकिस्तानमा नसिक शाहले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४२ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ तथा सलमान आगाले ४५ रन जोडे। न्युजिल्यान्डका विल राउरकेले ९।३ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए हात पारे।

मिडिल ओभरमा कसिलो बलिङ गरेको माइकल १० ओभरमा २० रन खर्चेर २ विकेट लिए। यसैगरी माइकल ब्रेसवेलले पनि १९ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। राउरके खेलका म्यान अफ द म्याच भए पनि आगा म्यान अफ द सिरिज बन्न सफल भए। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।