शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

आधारभूत विद्यालय नमुनाटोलले मनायो ३६ औं वार्षिकोत्सव

Share:
107

रत्ननगर – रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको आधारभूत विद्यालय नमुनाटोलले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विहिबार विद्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक, पुरस्कार वितरण, पुर्व अध्यक्ष तथा पुर्वप्रधानाध्यापकलाई सम्मान गरि वार्षिकोत्सव मनाईएको हो । कार्यक्रममा प्रधानाध्यापक बसन्त पौडेलले वार्षिक प्रतिवेदन र साबिकको सिकाई उपलब्धी र आगामी सिकाई उपलब्धी प्रक्षेपण प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा तिनजना उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको छ । आफ्ना नानिबाबुहरुको सरसफाई, गृहकार्य र विद्यालयमा नियमित सम्तपर्कमा रही बालबालिकाहरुको सिकाई उपलब्धीको बारेमा जानकारी राख्ने उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको हो ।

यस्तै विद्यालयका संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद लामिछाने र संस्थापक प्रधानाध्यापक गोकर्ण खनाललाई पनि सम्मान गरिएको छ। कार्यक्रममा गतसालको नगरस्तरीय परिक्षामा उच्चतम उपलब्धी स्कोर प्राप्त गर्ने शिक्षक तारा चौधरीलाई समेत सम्मान गरिएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष आशिक तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै तामाङले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने सहयोगीदाताको प्रशंसा गर्दै असजिलोका बाबजुद पनि सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट भएको बनाउन मेहेनत गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा शिक्षक राजेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने अर्का शिक्षक दुर्गा पन्तले कार्यक्रम संचालन गरेकी थिइन् । वि.स २०४६ सालमा स्थापना गरिएको विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म २०० जना बढी विद्यार्थी अध्ययनरत छन् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।