शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल

Share:
118

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।

कन्या : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।

मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मनमा सानो कुराले झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।

मीन : दिन सहज छ । सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।