बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
155

काठमाडौं, माघ २४ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ४९ पैसा र बिक्रीदर १४६ रुपियाँ ११ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ११ पैसा र बिक्रीदर १७५ रुपियाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ८१ पैसा र बिक्रीदर १५५ रुपियाँ ४७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७६ पैसा र बिक्रीदर ८८ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७२ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५२ पैसा र बिक्रीदर १०३ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २३ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ५८ पैसा र बिक्री दर ३१ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८१ पैसा र बिक्रीदर १२ रुपियाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्री दर १९ रुपियाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९३ पैसा र बिक्रीदर १८ रुपियाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ६६ पैसा र बिक्रीदर ४५४ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ४१ पैसा र बिक्रीदर ३७२ रुपियाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपियाँ २५ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।