बुध, जेष्ठ २०, २०८३
Search
बुध, जेष्ठ २०, २०८३

देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने– लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ

Share:
170

काठमाडौं, माघ १८ । प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् ।

संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका अध्यादेशको संसद्‌ बैठकमा प्रतिरक्षा गरेका हुन्‌ ।

बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वास रहेको बताए ।

‘हालै सरकारले व्यावसायिक वातावरण प्रबन्ध गर्न देशभित्र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ,’ सभापति देउवाले भने, ‘यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुरामा मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्री देउवाले सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशमार्फत कानून बनाएको जिकिर गरे ।

‘यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासोकी समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने, यी कानूनहरूले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु,’ उनले भने ।

सभापति देउवाले संसद्मा विचाराधीन विधेयकहरू चालु अधिवेशनबाट पारित गर्न समेत आग्रह गरे । ‘लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । आवश्यक कानून सांसदले नै बनाउने हो । संदद्मा विचाराधीन विधेयक यसै अधिवेशनबाट पारित होस्,’ उनले भने ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।