सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए : बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन

Share:
290

न्युयोर्क, माघ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ। सिकगो र मियामी जस्ता धेरै सहरमा धरपकड गर्दै गिरफ्तार गरिएको हो।

त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन्। उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन्।

ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ। टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन्।

ट्रम्पलाई कोलम्बियाले आप्रवासी निर्बाध रूपमा फिर्ता गर्न अनुमति दिएपछि यसलाई आफ्नो जितको रूपमा व्याख्या गरेका छन्।

यसैगरी मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासी आफ्नो देशमा पठाएको बताएकी छिन्। ट्रम्प प्रशासनले आप्रवासीलाई कागजात मिलाउने सर्तमा पनि राख्न नदिने बताएका छन्। यसले सबै भन्दा धेरै अफगान र युक्रेनी शरणार्थीमा असर गर्ने देखिएको छ। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।