सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने

Share:
101

गाजा, माघ १४ । हमासले यो साता थप ६ जना बन्दी रिहा गर्ने भएको छ। यसरी बन्दी रिहा भएपछि उत्तरका गाजाबासीलाई घर फर्कन दिइने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।

यसरी रिहा गरिने बन्दीमा अर्बेल यहुद पनि रहेकी छिन्। उनलाई नछाडेकै कारण इजरायलले उत्तरमा घर फर्कनेमाथि अवरोध सिर्जना गरेको थियो।

हमासले शनिबार चार इजरायली सैन्य महिलालाई छाडेको थियो इजरायलले जेलमा कैदी बनाइएकालाई इजरायलले छाड्नु अगावै आफ्ना सर्वसाधारण नागरिकलाई नछाडेर हमासले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएको थियो।

युद्ध विराम लागु भएपछि सात बन्दी तथा दुई सय जना कैदी रिहा भइसकेका छन्। घर फर्किरहेका हजारौँ जना अहिले गाजामा इजरायलको अवरोधका कारण रोकिएका छन्। १९ जनवरीदेखि लागु भएको युद्ध विराममा दुई पटक बन्दी रिहा गर्ने काम भइसकेको छ। तेस्रो पटक हमासले शुक्रबार यहुद र अन्य दुई जनालाई छाड्ने छ। मध्यस्थ गरीरहेको कतारले दिएको जानकारी अनुसार शनिबार तीन जनालाई छाड्ने छ।

इजरायलले सोमबारदेखि गाजमा अलमलिनेलाई छाड्ने छ। साथै यो साता जेलमा रहेका प्यालेस्टाइनीलाई पनि छाड्ने छ। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।