सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

हिमालयनलाई पराजित गर्दै धनगढी प्ले–अफमा

Share:
123

काठमाडौं, माघ १२ । हिमालयन रेइडर्सलाई तीन अंकले पराजित गर्दै धनगढी वाइल्डक्याट्स नेपाल कबड्डी लिग (एनकेएल) प्ले–अफमा पुगेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको लिगचरणको आफ्नो अन्तिम खेलमा धनगढीले हिमालयनलाई ४१–३८ ले पराजित गरेको हो।

जितसँगै चौथो स्थानको धनगढीले पाँच खेलबाट ११ अंक पुर्‍याएको छ। समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरिएको छ। योसँगै प्रतियोगिताको प्ले–अफ समीकरण पनि पूरा भएको छ।

जनकपुर नाइट्स, काठमान्डु माभरिक्स र विराटनगर विराटनगर ब्यान्डिट्स शीर्ष तीनमा रहँदै यसअघि नै प्ले–अफमा स्थान बनाइसकेका छन्।

 

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।