शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

डलरको भाउ घट्यो

Share:
134

काठमाडौं, माघ १२ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ। निमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ।

राष्ट्र बैङ्कका अनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९५ पैसा र बिक्रीदर ८७ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८३ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६१ पैसा र बिक्रीदर १२ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्री दर १९ रुपियाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६७ पैसा र बिक्रीदर १७ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपियाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपियाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपियाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ १५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।