आइत, मंसिर ७, २०८३
Search
आइत, मंसिर ७, २०८३

रत्ननगर- १५ द्वारा सामुदायिक विद्यालयहरूलाई ल्यापटप र एसी वितरण

Share:
21

रत्ननगर, कार्तिक १० । ​रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक सुधारका लागि ल्यापटप र एयर कन्डिसनर (एसी) प्रदान गरेको छ।

​चालू आर्थिक वर्ष २०८३/०८४ मा विनियोजन भएको बजेटमार्फत वडाका तीनवटा सामुदायिक विद्यालयहरूलाई उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो।

​वडा अध्यक्ष आशिक तामाङका अनुसार वडा भित्रका माधवपुर माध्यमिक विद्यालय, बिन्देश्वरी आधारभूत विद्यालय र आधारभूत विद्यालय नमुना टोललाई १/१ थान ल्यापटप प्रदान गरिएको छ।

​यसैगरी विद्यालयको भौतिक तथा प्रशासनिक वातावरणलाई सहज बनाउने उद्देश्यले माधवपुर माध्यमिक विद्यालयका लागि १.५ टनको २ थान एसी र आधारभूत विद्यालय नमुना टोलका लागि १.५ टनको १ थान एसी उपलब्ध गराइएको छ।

​यस अघि बिन्देश्वरी आधारभूत विद्यालयका लागि उपलब्ध गराइएको १ थान एसीसमेत जडान भइसकेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो।

सामुदायिक विद्यालयहरूको प्रविधिमा पहुँच बढाउन र पठनपाठन तथा कार्यालय सञ्चालनलाई थप व्यवस्थित बनाउन वडाले यो सहयोग गरेको उहाँको भनाइ छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।