मङ्ल, भदौ ९, २०८३
Search
मङ्ल, भदौ ९, २०८३

रत्ननगरमा एक वर्षमै १११ जोडीले टुटाए वैवाहिक सम्बन्ध

Share:
1

 

रत्ननगर, भदौ ९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा एक वर्षमै १११ जोडीले वैवाहिक सम्बन्ध टुटाएका छन् ।आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखामा कुल १११ जोडीले सम्बन्ध विच्छेद दर्ता गराएका छन्। सोही अवधिमा नगरभरि ५४१ जोडीले विवाह दर्ता भएको छ । विवाहको दाँजोमा सम्बन्ध विच्छेदको संख्या २० प्रतिशतभन्दा बढी हुन आउँछ, जसले नगरभित्र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई उजागर गरेको छ। वडागत रूपमा वडा नम्बर ९ मा सबैभन्दा बढी १२ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् भने वडा नम्बर ८ मा सम्बन्ध विच्छेदको संख्या शून्य रहेको छ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार सोही अवधिमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी कुल २ हजार ६९९ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। जसअन्तर्गत ८८६ जना बालबालिकाको जन्मदर्ता (४६२ पुरुष र ४२४ महिला) भएको छ, जसमा वडा नम्बर १३ मा सबैभन्दा बढी ८९ जना र वडा नम्बर ६ मा सबैभन्दा कम ३४ जना रहेका छन्। त्यस्तै नगरभरि ४८२ जनाको मृत्यु दर्ता भएकोमा वडा नम्बर १३ मा सबैभन्दा बढी ४४ जना र वडा नम्बर २ मा सबैभन्दा कम १६ जनाको दर्ता भएको छ। विवाह दर्तातर्फ पनि वडा नम्बर १३ मा सबैभन्दा बढी ४८ वटा र वडा नम्बर ६ मा सबैभन्दा कम १७ वटा दर्ता भएका छन्।

सम्बन्ध विच्छेदका घटनासँगै रत्ननगरमा पछिल्लो समय बाहिरबाट बसाइँ सरेर आउनेहरूको आकर्षण भने ह्वात्तै बढेको छ। नयाँ जन्मिएका बालबालिकाको संख्याभन्दा बाहिरबाट स्थायी रूपमा आउने नागरिकको संख्या करिब दोब्बर पुगेको छ। ५०५ वटा दर्ता मार्फत १ हजार ६०३ जना नागरिक बाहिरबाट रत्ननगर भित्रिएका छन् भने १७४ दर्ता मार्फत ४५८ जना मात्रै बाहिरिएका छन्, जसले छाड्नेभन्दा भित्रिनेको संख्या करिब चार गुणा बढी रहेको देखाउँछ। समग्र व्यक्तिगत घटना दर्ताका आधारमा वडा नम्बर १३ मा सबैभन्दा बढी २६२ वटा र वडा नम्बर ६ मा सबैभन्दा कम ८५ वटा घ टना दर्ता भएका

 

छन्।

 

 


 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।