आइत, मंसिर ७, २०८३
Search
आइत, मंसिर ७, २०८३

कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै नेपाल चल्न पर्‍यो : बालेन शाह

Share:
178

चितवन, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र९बालेन० शाहले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्न पर्ने बताएका छन् ।

चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा वरिष्ठ नेता शाहले भने, ‘नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्न पर्‍यो ।’

चुनावी प्रचार प्रसारका क्रममा मुलुकभर घुम्दा देखेका समस्या उस्तै उस्तै खालका पाएको समेत उनले बताए । उनले भने, ‘चुनावी प्रचार प्रसारका क्रममा देशभरका समस्या उस्तै रहेका पाएँ । अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको सम्बोधन गर्छ ।’

शाहले नेपाल हेटौँडा सिमेन्ट कारखानाजस्तै सबै सामान भएर पनि चल्न नसकेको बताए । ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । सबै सामान छन् । तर चल्दैन । हामीलाई चलाउने जिम्मा दिनुस्,हामी चलाउँछौँ,’ शाहले भने।

शाहले चितवनले देशलाई टुरिजम सिकाउनु पर्ने समेत बताए ।

सभालाई सम्बोधन गर्दा समर्थकले होहल्ला गरेपछि बालेनले भने, ‘आइ लभ यु, बोल्नै दिँदैनन् यार ।’

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।