शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा 

Share:
102

रत्ननगर । पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सब आउन ६ दिन मात्र बाँकी रहदा ८५ प्रतिशत काम सकिएको संघले जनाएको छ ।

यस पटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आर्कषणको रुपमा रहेको संघको अध्यक्ष शंकर गिरीले बताए ।

महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।

युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला २०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए ।

महोत्सवको प्रवेशद्वारमा पहिलो पटक जनकपुरको रामजानकी मन्दिरको आकृति सहितको भव्य गेट निर्माण भइरहेको छ ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहनेछन ।

महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा महोत्सव स्थलमा थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत संस्कृति घरहरू बनाइएका छन् ।

‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ ।

टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको छ ।

महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ भने कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू सञ्चालन हुनेछन् ।

उद्घाटनका दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने छ । रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ।

समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुदैछ । यसैबीच ब्लड डोनर्स सोसाइटी रत्ननगरले महोत्सव अबधिभर हरेक दिन रक्तदान कार्यक्रम गर्ने भएको छ ।

सोसाइटीका अध्यक्ष रमेश नेपालका अनुसार, पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव बढ्दै गएकाले यो कार्यक्रमले त्यसको पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

“रक्तदान जीवनदान हो भन्ने सन्देश प्रवाह गर्दै महोत्सव अवधिभर दैनिक रूपमा रक्तदान शिविर सञ्चालन गर्न लागेका हौँ,” अध्यक्ष नेपालले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।