शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

सौराहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

Share:
108

सौराहा । चितवनको सौराहामा पुस ११ गतेदेखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै चितवनको पर्यटकीय गन्तव्यलाई विश्व सामु पु¥याउने उद्देश्यले सौराहाको बाघमारा चौरमा महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपुर्ण गन्तव्य स्थलको रुपमा चिनाउनको लागि महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका कार्यक्रम संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मानव वन्यजन्तु सह अस्तित्व, पर्यापर्यटन र सरक्षणमा हात्तीको महत्व सम्बन्धी चित्रकला प्रतियोगिता, विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम समेत महोत्सवमा हुनेछन् । सौराहामा वि।सं २०५५ सालबाट हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको हो ।

महोत्सवका नाममा हात्तीलाई दुःख दिँदै आएको भन्दै संरक्षणकर्मीबाट बिरोध हुँदै आएपछि पछिल्ला वर्षमा यसलाई परिस्कृत गरेर हात्तीका गतिविधिलाई संरक्षण मैत्री बनाउँदै लगिएको क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओम पाण्डेले बताउनुभयो । हात्ती र पर्यटन सौराहाको पर्यायवाची जस्तै रहेको बताउँदै उहाँले महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । महोत्सवमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आवागमन बृद्धि हुँदै आएको उहाँको भनाई छ । सो समयमा होटल तथा रेष्टुरेण्डमा खाना र आवासका लागि १० प्रतिशत छुट दिने आयोजकले जानकारी दिएको छ ।

सौराहामा रहेका ८० वटा हात्ती महोत्सवका विभिन्न गतिविधिमा सहभागी गराइने संघका महासचिव महेश खनालले बताउनुभयो । उहाँले हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह अस्तित्वको जीवित उदाहरण रहेको भन्दै परम्परा, जिविकोपार्जन र संरक्षणमा सन्तुलन रहेको उल्लेख गर्नुभयो ।

क्षेत्रीय होटल संघ नेपाल चितवन प्रमुख आयोजक रहेको महोत्सवको सहआयोजक युनाईटेड हात्ती सञ्चालन सकारी संस्था लिमिटेड, संरक्षकमा रत्ननगर नगरपालिका, प्रवद्र्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय सौराहा रहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।