बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

रत्ननगर उबासंघको साधारण सभा : व्यवसायिक सुरक्षामा जोड

Share:
332

रत्ननगर, असाेज २५ । रत्ननगर उद्योग बाणिज्य संघको २६ औ बार्षिक साधारण सभा शनिबार गरिएको छ ।

संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेका थिए ।

सो असरमा अगुवा व्यवसायीहरुले परिर्वतनको नाममा भएको जेनजी आन्दोलनमा समेत निजी क्षेत्रले ठुलो नोक्सानी व्यहोर्नु परेको भन्दै उनीहरुले मुलुकमा लगानीको बाताबरण नरहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवस्था परिर्वतनका लागि हुने आन्दोलनमा निजी क्षेत्र संधै निसानामा पर्ने गरेको बताए ।

महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले निजी क्षेत्र निरास रहेको भन्दै थप लगानीको बाताबरणको सम्भावना हराउदै गएको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उच्च मनोबलका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए ।

जेनजी आन्दोलन मानब र्सिजित विपती रहेको भन्दै उनले यसको असर धेरै समय नरहने बताए ।

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघले व्यवसायिक सुरक्षा, पर्यटन विकास, कर प्रणालीमा सुधार र पूर्वाधार निर्माणमा लगानीलाई केन्द्रीत गरी विभिन्न मागहरु गरेको छ ।

संघका अध्यक्ष शंकर गिरीले सुरक्षा र स्थिरताको ग्यारेन्टी, कर प्रणालीको सरलीकरण, पूर्वाधारमा लगानी पर्यटन प्रवद्र्धन र सुरक्षामा जोड वित्तीय राहत र सहयोगका लागि सरकारसंग माग गरिएको बताए ।

संघले चितवनको पर्यटकीय नगरी सौराहा र समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणा, सौराहामा एक श्रोत साधान सम्पन्न पर्यटन प्रहरी बृत स्थापना, पर्यटन तेश्रो प्रमुख सेवा उद्योगमा पर्ने भएकाले पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता प्रदान गर्न र पर्यटन क्षेत्रको विविधकरण र विस्तारका लागि विज्ञहरु नियुक्त गरी दीगो पर्यटकीय क्षेत्र विकास र विस्तारका लागि आवश्यक नीति, कार्यक्रम र कानून तर्जुमा गर्नका माग गरेको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको अग्रसरतामा स्थापना भएको बकुलहर रत्ननगर अस्पताल प्रादेशिक अस्पतालमा दैनिक एक हजार ५०० भन्दा वढी विरामीको चाप रहेको भन्दै संघले उक्त अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, कर्मचारी र आवश्यक उपकरणहरुको पर्याप्त व्यवस्थापन गर्न माग गरिएको छ ।

चितवनको प्रमुख उद्योगको रुपमा रहेकोे माछा, केरा, पोल्ट्री, मह, च्याउ, दुग्ध, तरकारीको उत्पादन र बजार प्रवद्र्धनका लागि सरकारबाट कृषि, सडक तथा सिंचाई पूर्बाधारका साथै बजार पुर्बाधार र सुचना प्रबिधि बिकासमा सहुलिएत ऋण उपलव्ध गराउन, भारत तर्फबाट हुने अबैध कृषि पैठारीमा कडाई, क्वारेन्टाइन तथा विषादि परीक्षणको ब्यबस्था गर्न, खाद्य स्वच्छता मापदण्ड निर्धारण गर्न र कृषि विमामा सहुलियतका कार्यक्रमहरु अगाडी बढाउन माग गरिएको संघका अध्यक्ष गिरीले बताए ।

कार्यक्रममा संघका महासचिव उपेन्द्र शर्मा आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विनोद घिमिरे आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यावाद मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, लेखनाथ उद्योग बाणिव्य संघकी अध्यक्ष जानुका पराजुली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका महासचिव आचार्यले सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।