बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम

Share:
243

चितवन, असोज ९ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम बिहीबार बिहान ६ बजेदेखि सुरु भएको छ।

राति ठुलो पानी परेपछि रोकिएको काम बिहान ६ बजे सुरु भएको न भरतपुरले जनाएको छ।पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिनहरू परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन समय लाग्ने जनाइएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै मंगलबार अपराह्न पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।

राति ठुलो पानी परे पनी थप पहिरो झरेको नझरेपछि बिहीबार बिहानबाटै पहिरो पन्छाउने काम सुरु भएको हो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।