बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

कालिकामा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

Share:
322

रत्ननगर, असाेज २ । चितवनको कालिका नगरपालिकामा अवैध काठको गोलिया सहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित कालिकाको वडा नं. १ बाट प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिईएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए।

लामाका अनुसार वन समिति तथा हेरालुको टोलीले कालिका ७ लाहुरेचोक नजिकबाट सो गाडी नियन्त्रणमा लिन खोज्दा चालकले गाडी भगाएको र पिछा गर्ने क्रममा वडा नं. १ को केरा घारीमा लुकाईछिपाई राखेको अवस्थामा गाडी फेला पारिएको हो। गाडीको चालक भने फरार छन् ।

नियन्त्रणमा लिईएको काठ र गाडीलाई थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भरतपुर पठाईएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।