शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

सन्दीपको शानदार अर्धशतकमा आसामविरुद्ध नेपाल ‘ए’को लगातार दोस्रो जित

Share:
251

भदौ १५ । नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा सन्दीप जोराको सानादर अर्धशतकको साथमा नेपालले आसामलाई ९ रनले हराएको हो।

यो अभ्यास खेलको जितसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ। पहिलो खेलमा डक वर्थ लुइस ९डीएल० पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।

शनिबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले आसामलाई १९७ रनको लक्ष्य दिएको थियो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रन बनाएको हो। नेपालका लागि सन्दीपले सानदार अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ७४ रन बनाएका हुन्।

आदिल आलामले ३५, तिर्थराज दास ३३ रन बनाउँदा कप्तान अनिलकुमार साह ३१ रन जोडेका थिए। आसामका आकाश सेनगुप्ताले दुई विकेट लिए।

जवाफी ब्याटिङमा पूरै २० ओभर खेल्दै आसामले मात्र १८७ रन बनाउन सक्यो। आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाउँदा कप्तान सुमित घाडीगाउँकरले ३६ र अब्दुल अजिज ३१ रन बनाए।

नेपालका कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बसीर अहमदले समान दुईदुई विकेट हात पार्दा आदिल आलमले एक विकेट लिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।