मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

Share:
235

रत्ननगर, साउन २५ । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा शाखा विस्तार गरेको छ ।

उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययनका लागि परामर्श तथा सहजीकरण गर्दै आएको यस कन्सल्टेन्सीले आइतबार रत्ननगरमा शाखा शुभारम्भ गरेको हो ।

शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रिबन काटेर गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गिरीले कन्सल्टेन्सीहरूको बढ्दो प्रतिस्पर्धामा ब्रिजले आफ्नो सेवामार्फत छुट्टै पहिचान बनाउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्दै विदेशमा अध्ययनका लागि पठाउने कार्यमा जोड दिन आग्रह गरे । उनले शाखाको सफलताका लागि शुभकामना दिए ।

कन्सल्टेन्सीहरूको भीडमा ब्रिजले आफ्नो सेवा र गुणस्तरबाट अलग पहिचान बनाउन सक्छ, उनले भने, “विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर सही मार्गदर्शन गर्नु आवश्यक छ ।”

रत्ननगर शाखाकी प्रमुख कृषा लम्साल घिमिरेले कार्यक्रममा बोल्दै ब्रिजले उच्च शिक्षाका लागि विभिन्न देशहरूमा विद्यार्थीहरू पठाउने गरेको जानकारी दिइन्।

ब्रिजले बेलायत, अष्ट्रेलिया, डेनमार्क, क्यानडा, अमेरिका र युरोपका विभिन्न देशहरूमा विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको उनले बताइन्।

“हामी विद्यार्थीहरूको आवश्यकताअनुसार सही गन्तव्य र विश्वविद्यालय छनोट गर्न सहयोग गर्छौँ,“ उनले भनिन् ।

घिमिरेले ब्रिजका विदेशमा चारवटा शाखा र नेपालका मुख्य सहरहरूमा १५ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिइन् ।

विसं २०७२ मा स्थापना भएको यस कन्सल्टेन्सीले आफ्नो सेवालाई थप सुलभ र प्रभावकारी बनाउँदै आगामी दिनमा थप शाखा विस्तार तथा विद्यार्थीकेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

कार्यक्रममा संस्थाका संस्थापक प्रज्वल गिरी, शाखा संयोजक सुशील न्यौपाने, व्यवस्थापक प्रमुख रुपेश थापा, अष्ट्रेलियाको शाखा प्रबन्धक शनिश महर्जन, प्रमुख कार्यकारी भुवन गिरी, ग्राम्पियन्स कलेज मेलबर्न, अष्ट्रेलियाका कार्यकारी प्रमुख वासुदेव मरहट्टालगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन सन्दर्भ खनालले गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।