बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल

Share:
472

आज २०८२ साल साउन २४ गते शनिबार। साउन शुक्ल पक्षको पूर्णिमा। ऋषी तर्पणी। रक्षा बन्धन। जनै पूर्णिमा। तदनुसार सन् २०२५ अगष्ट ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा फलदायी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सहज छ। आफ्नो मूल्यांकन गर्न नसक्दा अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। समाजमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक नेतृत्वबाट भने त्रास बढ्नेछ।

कर्कट : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। जागिरमा बढुवा हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ। हल्ला गर्नुभन्दा काम गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। प्रशंसा सुन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। तपाईंको श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको टकराबले तपाईंलाई फाइदा पुग्ने देखिन्छ।

धनु : दिन राम्रो छ। शुभ ग्रहको बहुमत रहेको छ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। ठु्ला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।