बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमण

Share:
235

दमासकस, साउन १ । इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको छ। सिरियाको ड्रुज प्रान्तमा लगातार चौथो दिन लडाइँ भएपछि इजरायलले आक्रमण गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुजहरुको जीवन रक्षा गर्ने र सत्ताका ग्याङलाई त्यहाँबाट हटाउनका लागि आक्रमण गराएको बताएका छन्।

आइतबारदेखि ड्रुज र बेडुयनबीच भएको झडपमा तीन सय भन्दा बढीको ज्यान गएको छ। अमेरिकी विदेशीमन्त्री मार्क रुबियोले दक्षिणी क्षेत्रमा जारी हिंसाका कारण आफूलाई धेरै चिन्ता लागेको तथा यो केही घण्टाको बीचमा नै साम्य हुन सक्ने बताएका छन्।

बुधबार उनले सामाजिक सञ्जालमा लेख्दै अमेरिका र अरब पक्षले वर्तमान समस्या समाधान शान्तिपूर्ण रूपले गर्न लागेको पहलको प्रशंसा गरेका छन्।

युद्ध विरामको यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। सिरियाको समाचार संस्थाका अनुसार सुयडाबाट त्यहाँको सेना हट्न थालेका छन्।

सिरियाली सरकार र सुयडाका धार्मिक नेताको बीचमा सहमति भएपछि त्यहाँ बाट सिरियाली सेना हटेको जनाइएको छ। गत डिसेम्बरमा सुन्नी समूहको नेतृत्वमा रहेको विद्रोहले आसाद सरकारलाई पदच्युत गरेपछि पहिलो पटक सिरियाली सरकारले सुयडामा आक्रमण गरेको हो। सोही आक्रमणपछि सिरियाले पनि सो आक्रमण गरेको हो।

राष्ट्रपतिले संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ड्रुज लगायत केही अल्पसङ्ख्यक सिया मुस्लिमहरू आफूहरू असुरक्षित महसुस गरी रहेका थिए। सुयडामा बारम्बार भएका झडप र आक्रमणका कारण उनीहरू असुरक्षित भएका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।