आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा

Share:
231

साउन १ । कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा नर्वेमाथिको २-१ को गोलसहित इटाली महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा जिरेलीले ५० औँ मिनेटमा गोल गरेकी थिइन्। ६६ औँ मिनेटमा नर्वेकी कप्तान आडा हाबर्गले बराबरी गोल गरिन्। खेल बराबरीतर्फ उन्मुख भइरहेको समयमा साफिया स्यानटोरेको क्रसमा हेड गोल गर्दै जिरेलीलाई जित दिलाइन्। जितसहित इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि इटालीले केही राम्रा मौका खेर फालेको थियो। एरियानो काउरुसो, जिरेली, एमा सेभेरेनी र लुसिया डी गुजेम्लो धेरै पटक गोलको नजिक पुगे पनि चुकेका थिए। दोस्रो हाफमा नर्वेकी कप्तान हाबर्गले पेनाल्टी खेर फालेकी थिइन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।