मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख :मन्त्री दाहाल

Share:
157

काठमाडौं, असार ३० । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै उनले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताए। अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालले आश्वस्त पारे। उनले सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा एकतर्फ सवारीसाधन सञ्चालन गरी काम गर्ने क्रममा ट्राफिक जाम हुन पुगेको बताए।

‘एसियाली विकास बैंकको ऋण सहयोगमा नारायणगढ–बुटवलखण्ड ११३ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ’, मन्त्री पौडेलले भने।

उनले यातायात क्षेत्रलाई चुस्त बनाउन प्राथमिकताका आधारमा सडक निर्माण कार्यलाई तीव्रता दिएको पनि उल्लेख गरे ।

मन्त्री पौडेलको भनाइ थियो,’बढी आवागमन हुने क्षेत्र, जनताका उत्पादनको बजार पहुँच र त्रिदेशीय सम्बन्धलाई स्थापित गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काठमाडौँसँग जोडिएका सडक विस्तारको काम भइरहेको छ ।’

उनले मातहतको मन्त्रालयअन्तर्गत नेपाल निर्माण व्यवसायी विकास परिषद् र देशमा दर्ता भएका ‘क’ वर्गका ३४८ वटा कम्पनी रहेको बताए। समयमा निर्माण सम्पन्न गर्न नसक्ने व्यवसायीको ठेक्का अन्त्य गरी नियमअनुसार कालोसूचीमा राख्न सिफारिस गर्ने गरिएको मन्त्री पौडेलले बताए।

उनले भने, ‘विसं २०८१ असोज महिनासम्म सडक विभागको करिब रु २३० अर्ब कूल ठेक्का दायित्व रहेको छ । चालु आव २०८१/०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी छिनोफानो गर्ने गरी बजेटको व्यवस्था भइरहेको छ ।’ रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।