मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

चितवनको खैरहनीमा नेचुरल फ्लावर सपको उद्घाटन

Share:
476

रत्ननगर, असार २७ । पूर्वी चितवनको खैरहनीमा नेचुरल फ्लावर सपको नयाँ शाखा शुक्रबार उद्घाटन गरिएको छ। खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले रिबन काटेर उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् । यो नेचुगल फ्लावर सपको चौथो शाखा हो, जसले चितवनको पुष्प व्यवसायमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यो व्यवसाय १४ वर्षअघि भरतपुर महानगरपालिका वडा नम्बर ७, प्रेमबस्तीबाट ‘उज्ज्वल नर्सरी’ को नाममा सुरु भएको थियो। सञ्चालक ईश्वर श्रेष्ठका अनुसार पहिलो शाखा भरतपुरको प्रेमबस्तीमा, दोस्रो शाखा नारायणगढको लायन्सचोकमा र तेस्रो शाखा भरतपुरको सप्तगण्डकी चोकमा स्थापना भइसकेका छन्। खैरहनीमा खुलेको यो चौथो शाखाले व्यवसायको विस्तारसँगै स्थानीय बजारमा पुष्प व्यवसायको सम्भावनालाई उजागर गरेको छ।

नेचुगल फ्लावर सपले स्टेज डेकोरेसन, विवाह, व्रतबन्ध, वार्षिकोत्सवजस्ता अवसरका लागि फूल, माला, गाडी डेकोरेसनलगायतका सेवा प्रदान गर्ने सञ्चालक सुलभ श्रेष्ठले बताए। उनले भने, ‘बुबाले १४ वर्षअघि सुरु गरेको यो व्यवसायलाई हामीले समय र ग्राहकको मागअनुसार परिष्कृत गर्दै अघि बढाएका छौँ।’ ग्राहकको चाहनालाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्नु आफूहरूको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

सञ्चालक ईश्वर श्रेष्ठले आफ्नो १४ वर्षको अनुभव सुनाउँदै प्राकृतिक फूलको प्रयोगलाई जोड दिए। ‘हामीले प्लास्टिकजन्य माला र फूलको प्रयोगलाई निरुत्साहित गर्दै प्राकृतिक फूलको बिक्रीमा ध्यान दिएका छौँ,’ उनले भने। उनले खैरहनी नगरपालिका र उद्योग वाणिज्य संघलाई प्लास्टिकजन्य मालामा प्रतिबन्ध लगाएर प्राकृतिक पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याउन आग्रह गरे। प्राकृतिक फूलको प्रयोगले वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको विश्वास छ।

उद्घाटन समारोहमा खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले नेचुगल फ्लावर सपसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले चाडपर्व र विशेष अवसरमा आवश्यक फूलमाला खैरहनीमै उत्पादन गर्ने र बाहिरी क्षेत्रबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको बताए। ‘हामी पुष्प व्यवसायीहरूसँग छलफल र सहकार्य गरी खैरहनीलाई फूलमालामा आत्मनिर्भर बनाउनेछौँ,’ उनले भने।

नेचुगल फ्लावर सपको यो नयाँ शाखाले खैरहनी क्षेत्रमा स्थानीय रोजगारी सिर्जना गर्नुका साथै पुष्प व्यवसायको बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्राकृतिक फूलको प्रयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै यो सपले वातावरणमैत्री व्यवसायको उदाहरण प्रस्तुत गरेको छ।

राजन दिल गुरुङले सञ्चालन गरेको उद्घाटन समारोहमा स्थानीय व्यवसायी, ग्राहक र समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेचुगल फ्लावर सपले आफ्नो गुणस्तरीय सेवा र प्राकृतिक फूलको प्रयोगमार्फत चितवनको पुष्प व्यवसायमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।