शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

चितवन मेलानको २०औँ स्थापना दिवस : स्वास्थ्य जनचेतना र पेशागत विकासमा जोड

Share:
365

चितवन, जेठ २६ । मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) चितवनले आफ्नो २०औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।

स्वास्थ्य प्रयोगशालाकर्मीहरूको छाता संगठनका रूपमा स्थापित मेलानले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश इकाई कार्यालय चितवनको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि इकाई कार्यालयका उप-प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट अनिल यादवले मौसमी रोगहरू र हाल फाट्टफुट्ट देखिएको कोभिड(१९ को सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध गर्दै शुभकामना मन्तव्य राखे।

कार्यक्रममा प्याथोलोजिस्ट डा.अंकिता सिंखडा, मेडिकल ल्याब टेक्नोलोजिस्ट सुष्मा आचार्य, प्रयोगशालाकर्मीहरू विजय साह, सुशील आचार्य, प्रमिस न्यौपाने, सुमन सुवेदी, विकास थापा, निश्चल सापकोटा, सन्तोष तिमिल्सिना, टीका पंगेनी, मोहन तिवारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन मेलानका पुर्व केन्द्रीय सदस्य सुरज अधिकारीले गरेका थिए।

कार्यक्रममा मेलान चितवनका अध्यक्ष मणीराज महतोको अध्यक्षतामा भएको उक्त समारोहमा उनले मेलानको पहलमा ल्याब दर्ता गरी निजी व्यवसाय सञ्चालनको सुनिश्चितता, चौथो तहदेखि एघारौँ तहसम्मका पदहरूको दरबन्दी सिर्जनाका लागि सरकारसँग पहलकदमी, र विभिन्न कलेजहरूमा अध्ययनका लागि सिट सुविधा तथा शुल्क निर्धारणमा मेलानको भूमिकालाई स्मरण गरे। उनले आगामी दिनमा मेलान चितवनलाई थप गतिशील र सेवामैत्री बनाउँदै प्रयोगशाला स्वास्थ्यकर्मीहरूको हकहित र पेशागत विकासमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष महतोले मेलानको २०औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।