बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

नेपाल मा.वि का तत्कालीन अध्यक्षसहित ६ जनाविरूद्ध भष्टाचार मुद्दा

Share:
872

चितवन, जेठ २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको रत्ननगर २ टाँडीमा रहेको नेपाल नमूना माध्यामिक विद्यालयका तत्कालीन अध्यक्ष तथा रत्ननगर वडा नं. २ का निवर्तमान वडा अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जना विरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ।

पौडेलसहित ५ जनाले नपाएको ओहदा पाएको भनेर अधिकार दुरूपयोग गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक दिपकचन्द्र शर्मा, सदस्य सचिवसमेत रहेका प्रधानाध्यापक वुद्धिराज सुवेदी र शिक्षक विजया सुवेदीविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको हो। विजया तत्कालीन अध्यक्ष तिलकराजकी छोरी र प्रधानाध्यापक वुद्धिराजकी श्रीमती हुन्।

उनीहरूले २०५५ कात्तिक ८ गते कारर नियुक्ति भएका शिक्षक विजया सुवेदीलाई २०६३ माघ १३ गते प्राविरमाविको कक्षा लिने जिम्मेवारी दिएको पाइएको छ।

साथै २०७२ पुस ४ गते उच्च माविमा करारमा नियुक्ति गरेर २०७८ भदौ ७ गते बैठक बसेर आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापक विनियम बनाएका थिए। उक्त विनियम बनाएर शिक्षक सुवेदीलाई तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराएको देखिएको छ।

शिक्षक सुवेदीलाई २०७८ साउन १ गतेदेखि लागु हुने गरी निम्न माध्यमिक विद्यालय (नि.मा.वि.) तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको अनुसन्धानमा खुलेको छ।

उनलाई विद्यालयका प्रधानाध्यापक वुद्धिराज सुवेदीले नियुक्ति पत्र पदान गरेको प्रमाण भेटिएको आयोगको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा ऐन तथा शिक्षा नियमावलीले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको स्रोतबाट दायित्व बेहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न नपाउने कानुनी प्रावधान छ।

तर उनीहरूले नियुक्ति हुने शिक्षकरकर्मचारीलाई स्थायी गर्ने, समायोजन गरेर नभएको नपाएको ओहदा पाएको भनी दुरूपयोग गरेकाले भष्टाचारको मुद्दा चलाइएको प्रवक्ता पौडेलले बताए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।