शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

गोरखा रत्ननगर सम्पर्क समाजको भेला : सामाजिक कार्यमा जोड

Share:
273

रत्ननगर, जेठ २४ । गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा शनिबार गरिएको छ। गोरखा जिल्लाबाट बसाइँसराइ गरी रत्ननगर नगरपालिकामा आएर बसेकाहरूको तेस्रो बृहत भेला रत्ननगरमा गरिएको हो । यसअघिको भेलाबाट गठित तदर्थ समितिले संस्था दर्तालगायतका आवश्यक काम सम्पन्न गरिसकेको र छिट्टै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने तयारी भइरहेको समाजका अध्यक्ष बेद प्रसाद पाण्डेले जानकारी दिए ।

भेलाका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्ण खनालले गोरखाको ऐतिहासिक महत्त्व स्मरण गर्दै पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको सुरुवात गरेको उल्लेख गरे। उनले संगठित भएर काम गर्दा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। यस्तै, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेलले संस्थामा आवद्ध हुनुले आफन्तहरू चिनिने अवसर प्राप्त हुने भन्दै वडाले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

संस्थाका अध्यक्ष पाण्डेले वडा नम्बर १० बाट स्थापना भएको यो संस्थालाई रत्ननगर नगरपालिकाका १६ वटै वडामा सदस्यता विस्तार गर्दै सामाजिक कार्यहरूमा सक्रिय बनाउने योजना रहेको बताए। उनले आगामी दिनमा संस्थाले सामाजिक हितका विभिन्न कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एकराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष कपिल घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे। संस्थाकी सह(सचिव कविता भट्ट ढकालले संस्था गठनको अनुभव सुनाउँदै मन्तव्य राखिन्। त्यस्तै, संस्थाका सदस्य रामकृष्ण लम्सालले गोरखाबाट रत्ननगरमा बसाइँसराइ गरी आएका सबैलाई संस्थामा आवद्ध हुन आग्रह गरे। कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुर्यमणी ढकालले गरेका थिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।