शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

रत्ननगर उवासंघमा दुई छुट्टा छुट्टै तालिमको समापन

Share:
261

रत्ननगर, जेठ २४ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको दुई छुट्टा छुट्टै तालिमको शनिबार सकिएको छ ।

सीप विकास मार्फत महिलाहरुलाई उद्यमी बनाउन आयोजना गरिएको उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन र बुके, माला, फुल सजावट तालिम शनिबार सकिएको हो ।

संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठकले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुलाई उद्यमी बनाउन स्थानीय सरकारको सहयोगमा बुके,माला, फुल सजावट तालिम र उद्यमी महिलाहरुको नेतृत्व विकासका लागि उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए ।

महासंघका केन्द्रीय सदस्य श्रेष्ठले निजी क्षेत्रले दिएको तालिमबाट सिकेका कुराहरुलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्यमशिलता विकास मार्फत, रोजगारी र्सिजना गर्ने, आत्मनिर्भर बनाउने र आयआर्जन गर्ने बाताबरण स्थानीय सरकारले बनाउदै आएको बताए ।

उनले नगरपालिकाले विकास निर्माणसंगै सामाजिक तथा आर्थिक विकासको पाटोलाई पनि महत्वका साथ अगाडि बढाएको बताए ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रमका संघकी कार्यसमितिकी सदस्य लक्ष्मी श्रेष्ठ कोइरालाले धन्यवाद मन्तव्य राखेकी थिइन ।

समापन कार्यक्रममा तालिममा सहभागी अन्जु कुमारी क्षेत्री र जानकी चौधरीले मन्तव्य राखेका थिए ।

उद्घाषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिमको प्रशिक्षकमा सञ्चारकर्मी रामकान्त पौडेल र निरज श्रेष्ठ, तथा बुके, माला, फुल सजावट तालिमका प्रशिक्षकमा सरिता बराल रहेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।