शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य

Share:
286

जेठ १९ । स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको विशाल लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले २ सय ९७ रनको लक्ष्य पाएको हो ।

स्कटल्याण्डको डुण्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।