बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

बजार बिक्री प्रतिनिधि सङ्घको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण

Share:
212

चितवन, जेठ १९ । नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ, नारायणी क्षेत्रीय समितिले आफ्नो २५औँ स्थापना मनाएको छ । संघले स्थापना दिवसको अवसरमा इच्छाकामना गाउँपालिका-२, वर्ल्यङ्गस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा सामाजिक कार्य गर्दै दिवस मनाएको हो ।

सङ्घले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्व वहन गर्दै अभिभावकविहीन बालबालिकालाई साथ र हौसला प्रदान गर्ने उद्देश्यले उक्त विद्यालयको छात्रावासमा बस्ने गरिब तथा जेहेन्दार छात्र-छात्राहरूलाई शैक्षिक, खेलकुद र खाद्यान्न सामग्री वितरण गरेको छ। कार्यक्रम सङ्घका नारायणी क्षेत्रीय समितिका अध्यक्ष छन्दराज अर्याल (गणेश) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय शिक्षा समिति सह-संयोजक गणेश लामिछाने, केन्द्रीय अनुशासन समिति सदस्य किरण अधिकारी र विमल घिमिरेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा गणेश लामिछानेले सङ्घको तर्फबाट शुभकामना व्यक्त गर्दै सामाजिक कार्यप्रतिको सङ्घको प्रतिबद्धता ब्यक्त गरेका थिए भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर प्रजाले सङ्घको सामाजिक योगदानको प्रशंसा गर्दै सङ्घको प्रगतिको कामना गरे। कार्यक्रमको सञ्चालन सङ्घका सह-सचिव रामु पौडेलले गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।