शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

७.९४ अंकले घट्यो नेप्से

Share:
367

जेठ ७ । नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा विश्वनाथ पौडेल नियुक्ति भएको भोलिपल्ट आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको हो ।

आज नेप्से ७.९४ अंकले घटेको छ । नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६६९.५१ अंकमा झरेको हो । नेप्से ओरालो लागेसँगै नेप्सेको पुँजीकरण पनि ०.२९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९३ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै एउटा कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्से घटेसँगै बैंकिङ, विकास बैंक र म्यूचुअल फन्ड बाहेक सबै उपसमूहको सूचक समेत घट्न पुगेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्ट्यकल्स कम्पनीका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने स्वेट गंगा हाइड्रोपावर कम्पनीको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।