आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

Share:
209

काठमाडौं, बैशाख १० । भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै राप्रपाले मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य नहुने बताएको छ ।

‘पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन । राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा छ,’ पार्टी अध्यक्ष लिङ्देनले जारी गरेको वित्रज्ञप्तीमा उल्लेख छ ।

साथै उक्त आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राप्रपाले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मंगलबार कश्मिरमा आतंककारीले गरेको आक्रमणमा २७ जनाको ज्यान गएको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।