शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

शनिवार नेकपा एमाले रत्ननगरको अधिवेशन : बरिष्ट उपाध्यक्ष पोखरेलले उद्घाटन गर्ने

Share:
44

रत्ननगर, माघ १८ । नेकपा एमाले रत्ननगर नगरकमिटीको १०औं नगर अधिवेशन भोली माघ १९ र २० गते हुँदैछ ।

रत्ननगर वडा नं १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा हुने अधिवेशनको एमालेका बरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नेछन् । नगरकमिटीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको उद्घाटनलाई भब्य बनाउने गरी तयारी पुरा भएको जनाएको छ ।

अधिवेशन उद्घाटन पूर्व टाँडी बजारमा विशाल र्‍याली निकालिने छ । वडा कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालले अधिवेशनमा ३०० प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

वडा तहबाट छनौट भएर आएका प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने र उद्घाटनमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सहभागी हने जानकारी दिए । अधिवेशनको बन्दसत्रमा रत्ननगरमा एमालेको इतिहास देखि राजनीतिक कार्यदिशा तय गर्दै आगामी निर्वाचनमा हित हासिल गर्ने गरी रणनीति तयार गरिने नगर अध्यक्ष अर्यालले बताए ।

एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी कार्यदिशा तय उनको भनाई छ । निर्विरोध नगर कमिटी चयन गर्ने गरी एमाले रत्ननगरले प्रयास सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रभा बरालले सर्वसम्मत नगर कमिटी चयन गर्ने गरी प्रयास जारी रहेको बताइन् । अहिले एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी काम गर्नुपर्ने जिम्मेवारी सबैमा छ उनले भनिन् सबैलाई चित्त बुझाएर सर्वसम्मत कमिटी चयन गर्ने प्रयास हुने छ ।

भूगोलमा रहेका नेताहरुलाई आवश्यकताका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी इच्छाप्रकट गर्नुहुने नेताहरुको चित्त बुझाएर कमिटी गठन गरिने छ । एमालेलाई चौतर्फी आक्रमण भइरहेको बेला पार्टी भित्रको एकतालाई मजबुत बनाउदै नगर अधिवेशनलाई सानदार बनाइने उनको भनाई छ ।

नगर अधिवेशन सम्पन्न गर्न ५९९ मुल व्यवस्थापन समिति र १० वटा उपसमिति गठन गरिएको छ ।

नगर कमिटी उपसचिव सागर मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय नगरकमिटी चयन गर्ने छ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।