आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

रत्ननगरका रमेश नेपाल ब्लड डोनर्स सोसाइटी नेपालको वरिष्ठ कार्यकारी उपाध्यक्षमा निर्विरोध चयन

Share:
88

रत्ननगर, वैशाख ५ । रत्ननगरका रमेश नेपाल ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनबाट केन्द्रीय वरिष्ठ कार्यकारी उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

नारायणी रिसोर्ट, गैंडाकोटमा सम्पन्न उक्त अधिवेशनले अञ्जन दवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । रत्ननगर नगर कमिटीका संस्थापक अध्यक्ष रमेश नेपाललाई केन्द्रीय वरिष्ठ कार्यकारी उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।

कार्यकारी उपाध्यक्ष चयन भएपछि रमेश नेपालले बिप्स मिडियासँग प्रतिक्रिया दिँदै भने, ‘२०६० सालमा बाटोमा हिँड्दै गर्दा रगत नपाएर छटपटाइरहेका बिरामीहरूको आँखाबाट आँसु झरेको देखेर म आफैंले पहिलोपटक रक्तदान गरेको थिएँ । त्यसपछि रक्तदानप्रतिको चासो, चिन्तन र अभियानमा जोडिँदै आज २०८२ सालसम्म आइपुग्दा एउटा लामो यात्रा पूरा भएको छ ।’

उनले थपे, ‘कलेज जीवनमा सर्कलको प्रतिनिधित्व गर्दै विभिन्न कालखण्ड पार गर्दै रूपन्देहीमा रहेर युवा रेडक्रस सर्कलको प्रतिनिधित्व गरे । रक्त सञ्चार केन्द्र रूपन्देहीमा काम गर्दै आफ्नो अनुभव सेयर गर्दै नियमित रक्तदान कार्यक्रम सञ्चालन गरे । अरूलाई पनि रक्तदान गर्न प्रेरित गरेँ । त्यसपछि ब्लड डोनर्स सोसाइटी रत्ननगरको स्थापना गरी सफल बनाएँ । केन्द्रीय सदस्य हुँदै अहिले यो अधिवेशनबाट निर्विरोध वरिष्ठ कार्यकारी उपाध्यक्षमा चयन भएको छु । यस अवसरमा साथ र सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा सुरेन्द्र धिताल र मनरुपा पौडेल, महासचिवमा अञ्जन तिवारी रहेका छन् । यसैगरी सदस्यहरूमा पवन भूर्तेल, नारायण शर्मा, रामचन्द्र लम्साल, प्रवल केसी, सुवास चन्द आचार्य, माया भण्डारी र कुमार लामिछाने चयन भएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।