सोम, कार्तिक १०, २०८३
Search
सोम, कार्तिक १०, २०८३

सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार

Share:
22

कार्तिक ९ । सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले विद्यार्थी नेतृत्वको आन्दोलनसँग आकस्मिक संसदीय निर्वाचनमा हार स्वीकार गरेपछि देशभर उत्सव मनाइएको छ।

दक्षिणपन्थी लोकप्रियतावादी नेता भुसिचले आइतबार राति प्रारम्भिक नतिजाले आफ्नो पार्टी पराजित भएको स्पष्ट देखाएको बताएका हुन्। उनले भने, ‘हामीसँग अझै अन्तिम नतिजा छैन, तर यी निर्वाचन हामीले हारेका छौँ भन्ने स्पष्ट छ।’

भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी ९एसएनएस० ले दुई वर्षदेखि जारी सरकारविरोधी आन्दोलनको दबाबबिच आकस्मिक निर्वाचन गराएको थियो। सन् २०२४ मा नोभी साद सहरको रेल्वे स्टेसनको छतको छज्जा खस्दा १६ जनाको मृत्यु भएपछि आन्दोलन सुरु भएको थियो। उक्त घटनालाई भ्रष्टाचार र सरकारी लापरबाहीको प्रतीकका रूपमा लिइएको थियो।

निर्वाचनमा भ्रष्टाचार विरोधी अभियान चलाएको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले सरकारविरोधी मतदातालाई आकर्षित गरेको थियो। यस समूहले संसद्का २५० सिटका लागि चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका उम्मेदवार उठाएको थियो।

प्रारम्भिक विवरणअनुसार निर्वाचनमा अहिलेसम्मकै उच्च मतदान भएको थियो। साँझ ६ बजेसम्म ६४।९ प्रतिशत मतदाताले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको थियो।

भुसिचले हार स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर नाचगान र आतसबाजी गर्दै खुसी मनाएका थिए। विद्यार्थी समूहका प्रमुख उम्मेदवार इलिया स्र्दानोभिचले आन्दोलनको लक्ष्य देशलाई निरंकुश शासनबाट मुक्त गर्नु रहेको बताए।

विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य तथा सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ।

भुसिच दुई कार्यकाल राष्ट्रपति भइसकेकाले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न पाउँदैनथे। त्यसैले उनी आफ्नो पार्टीलाई जिताएर पुनः प्रधानमन्त्री बन्ने प्रयासमा थिए। सन् २०१७ मा उनले प्रधानमन्त्री पद छाडेका थिए।

भुसिचले भ्रष्टाचारका आरोप अस्वीकार गर्दै आएका छन्। उनी सर्बियालाई युरोपेली संघको सदस्य बनाउने पक्षमा रहे पनि युक्रेनमाथि रुसको आक्रमणका कारण मस्कोमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।