सोम, कार्तिक १०, २०८३
Search
सोम, कार्तिक १०, २०८३

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बोलेनले भने-नेपाली क्रिकेट अमर रहोस्

Share:
23

काठमाडौं, कार्तिक ९ । नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा प्रधानमन्त्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छोटो समयमै एनपीएलले एउटा भव्य खेलकुद महोत्सवको रूपमा ठूलो फड्को मारेको उल्लेख गरेका छन्। उनले यस प्रतिष्ठित लिगमा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत गरेका छन्।

साथै, यस भव्य खेलकुद उत्सव सफल बनाउन खटिएका सम्पूर्ण नेपाली खेलाडीहरू, प्रतियोगिताका आयोजकहरू र नेपाल क्रिकेट संघ ९क्यान० लाई प्रधानमन्त्री शाहले शुभकामना दिएका छन्। नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले आफ्नो सन्देशको अन्त्यमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भनी शुभकामना व्यक्त गरेका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।