सोम, कार्तिक १०, २०८३
Search
सोम, कार्तिक १०, २०८३

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

Share:
21

कार्तिक ९ । ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो चरणको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी दक्षिणपन्थी नेता सिनेट रोबर्टो फ्लेवियो बोल्सोनारोलाई पराजित गर्दै ऐतिहासिक चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लेवियो बोल्सोनारोले अग्रता लिएका थिए । ब्राजिलमा सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो ऐतिहासिक घटना हो ।

लुला यसअघि पनि सन् २००३ देखि २०१० सम्म दुई पटक र सन् २०२२ को निर्वाचन जितेर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए ।

दक्षिण अमेरिकाका धेरैजसो देशहरूमा पछिल्लो समय मतदाताहरू दक्षिणपन्थतर्फ ढल्किएका थिए। तर, ब्राजिलमा लुलाको यो जितले उक्त क्षेत्रको राजनीतिक प्रवृत्तिलाई उल्टाएको छ।

चुनावका क्रममा लुलाले यो निर्वाचन देशको ‘सार्वभौमिकताू सँग जोडिएको बताएका थिए । उनले मतदाताहरू माझ यो लडाइँ ‘ब्राजिलको झण्डा चुम्ने व्यक्ति र अमेरिकी झण्डा चुम्ने व्यक्ति’ बीचको रोजाइ भएको टिप्पणी गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि वैदेशिक प्रभावमा पर्ने गरेको आरोप लगाएका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।