सोम, कार्तिक १०, २०८३
Search
सोम, कार्तिक १०, २०८३

मोटरबोट दुर्घटनाका मृतक एकजनाको मात्र पहिचान, यी हुन् बेपत्ता र उद्धार गरिएकाहरू

Share:
18

कार्तिक ८ ।  धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ बस्ने अन्दाजी ५२ वर्षीया लिला राई रहेकी छन् । उनको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

यस्तै, अन्य दुई मृतकको पहिचान हुन बाँकी रहेको छ । बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उद्धार भएका तथा सकुशल रहेका निम्नानुसार रहेका छन्–

उद्धार भएका तथा सकुशल रहेका
१. पानीबोट चालक सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २४ वर्षीय सुमन मगर ।
२. भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार ।
३.भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४२ वर्षीय तिर्था रसाईली सुनार ।
४.भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २५ वर्षीया पूजा तिरुवा ।

५. भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २२ वर्षीय प्रज्वल तिरुवा ।
६.भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २६ वर्षीय देबेन्द्र राई ।
७. भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २३ वर्षीय रञ्जित राई ।
८. झापा, कन्काई नगरपालिका-४ बस्ने अं. २९ वर्षीया निता मगर ।
९. भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ३१ वर्षीय मोहन सुनार ।

बेपत्ता

१. झापा, कन्काई नगरपालिका-४ बस्ने अं. ७ वर्षीय शिवक मगर। (निता मगरका छोरा)
२. सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २१वर्षीया प्रमिला मगर ।
३. सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २२ वर्षीया मनु राई ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।