बिहि, भदौ २५, २०८३
Search
बिहि, भदौ २५, २०८३

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

Share:
17

बोगोटा, साउन २६ । कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ।

कोलम्बियाको भौगर्भिक सेवाका अनुसार छोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको धक्का देशको पश्चिमी भूभागका सयौँ माइलसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण भत्किएका भवनमा धेरै मानिस फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनामा परी ४८० भन्दा बढी मानिस घाइते भएको एसोसिएसन अफ क्यापिटल सिटीजले जनाएको छ।

सबैभन्दा बढी क्षति ‘कफी क्षेत्र’ मा पर्ने पेरेइरा शहर र आसपासका इलाकाहरूमा भएको छ। केन्द्रविन्दु नजिकै रहेको सान जोसे डेल पाल्मारमा भने बाटोघाटोमा क्षति पुगे पनि मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।

हाल प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।