आइत, भदौ ७, २०८३
Search
आइत, भदौ ७, २०८३

सिद्धिमा निःशुल्क स्वास्थ्य शिविर, ५सय २८ जना लाभान्वित

Share:
17

कालिका । चितवनको कालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोछ । ग्रीन सोसाईटी नेपाल रत्ननगर- ७ सोैराहा. चितवनको आयोजना तथा शान्ति सेवा गृह तिलगंगा काठमाडौंको प्राविधिक सहयोगमा श्री राष्ट्रिय माध्यमिक विद्यालय मझवाङ्ग सिद्धिमा विशेषज्ञ चिकित्सकद्वारा मिनि अस्पताल सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त शिविरमा सुगर तथा प्रेसर, टिटानस भ्याक्सिन, जनरल हेल्थ, दन्त सेवा, फिजियो थेरापी, बालरोग बिशेषयज्ञ, स्त्रीरोग, रक्त परिक्षण, सामान्य जाँच, आँखा जाँच गरिएको थियो । शिविरमा ५सय २८ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क रूपमा औषधि, ब्रस, मञ्जन, लिटो, सेनेटरी प्याड बितरण गरिएको ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिनुभयो ।

कालिका वडा नं. १० र ११  बासीको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अन्यत्र गएर चेक जाँच गर्न नपाएकाहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको हो । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको उहाँको भनाई छ । शिविरमा काठमाडौंबाट ३० जना चिकित्सकको टोली आई स्थानीहरूको परिक्षण गरेको परियारले बताउनुभयो ।

कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी विशेषरुपमा यो शिविरको आयोजना गरिदिनुहुने ग्रीन सोसाईटी नेपाल र शान्ति सेवा गृह तिलगंगा काठमाडौं लगाएत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि शान्ति सेवा गृह तिलगंगा काठमाडौंले मझवाङ्ग विद्यालयमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविर सञ्चालन गरेको शान्ति सेवा गृह तिलगंगा काठमाडौंका व्यवस्थापक बिजेन्द्र कुवरले बताउनुभयो । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको कुवरको भनाईछ ।

“यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिका ज्येष्ठ नागरिक हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “यो पालिका कालिकाको दुर्गम पालिका अन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।”

कार्यक्रममा सामाजिक अभियन्ता केशव आचार्य, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्राधानाध्यापक लगाएतको सहभागीता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।