मङ्ल, भदौ ९, २०८३
Search
मङ्ल, भदौ ९, २०८३

कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान

Share:
59

कास्की, साउन ८ ।  वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ ।

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागेको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले पदबहाली गरेको सय दिन पुगेका अवसरमा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

“युवालाई कृषि उद्यममा प्रोत्साहित गर्न मन्त्रीकै सोचअनुसार यो कार्यक्रम ल्याइएको हो,” उनले भनिन्, “वैदेशिक रोजगारीबाट र स्वदेशमै पनि सहरदेखि गाउँ फर्केर कृषि उद्यम गर्न चाहने युवाले ऋणमा ब्याज अनुदान पाउनेछन् ।”

मन्त्री कार्कीले कृषिमा युवालाई आकर्षित गर्न र गाउँमै रोजगारी सृजनामा टेवा पुर्‍याउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि मन्त्रालयले किसानलाई सघाउँदै आएको बताए ।

मन्त्रालयले चालु आवमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि रु एक करोड बजेट छुट्याएको छ । यस्तै जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहनका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।