बुध, साउन ६, २०८३
Search
बुध, साउन ६, २०८३

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

Share:
66

असार २५ । कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला ता निएका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अ’भिव्यक्तिबारे सोधपुछका लागि उनलाई जिल्ला बोलाइएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरे । ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अ त्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’

चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लगाउन नपाउने बताएका उनले २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको उल्लेख गरेका छन् ।

यद्यपि, कैलाली प्रहरीले छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा कसरी दिइएको हो ? भन्ने विषयमा समान्य सोधपुछका लागि डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।