बुध, बैशाख १६, २०८३
Search
बुध, बैशाख १६, २०८३

इरानमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

Share:
132

तेहरान, फागुन २१ । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ। जवाफमा इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ।

इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र इसफाहान प्रान्तमा बमबारी गरेको छ। यी आक्रमणहरूमा आवासीय भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्सअन्तर्गतको स्वयंसेवक बल बसिज र आन्तरिक सुरक्षा कमाण्डसँग सम्बन्धित भवनहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इरानी नागरिकहरू यो युद्धको सबैभन्दा ठूलो मारमा परेका छन्। हालसम्म ६,००० भन्दा बढी मानिस घाइते भएका छन् भने ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू अस्पताल भर्ना भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार युद्धका कारण फेब्रुअरी २८ देखि मार्च १ को बिचमा मात्रै करिब १ लाख मानिसले तेहरान छोडेका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इसफाहान आणविक केन्द्र नजिकैका दुईवटा भवनमा क्षति देखिए पनि आणविक सामग्री रहेका केन्द्रहरू सुरक्षित रहेको र रेडियोधर्मी चुहावटको जोखिम नरहेको पुष्टि गरेको छ।

यसैबिच, गत शनिबारको पहिलो चरणको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र रक्षामन्त्री अमिर नासिरजादेह मारिएका थिए। उनीहरूको अन्त्येष्टि समारोहमा लाखौँको उपस्थिति हुने अपेक्षा गरिएको छ, जसले गर्दा थप सुरक्षा चुनौती बढेको छ।

नयाँ नेतृत्वको खोजी

इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया तीव्र पारेको छ। एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद खातमीले देश युद्धको स्थितिमा रहे पनि चाँडै नयाँ नेता चयन गरिने बताएका छन्। पश्चिमी सञ्चारमाध्यमहरूले मोज्ताबा खामेनीलाई नयाँ नेताको मुख्य दाबेदारका रूपमा हेरेका छन्।

इजरायली रक्षामन्त्री इजरायल काट्जले चेतावनी दिँदै भनेका छन्, ‘इजरायल र स्वतन्त्र विश्वलाई धम्काउने जोसुकै नयाँ नेता पनि हाम्रो निसानामा हुनेछन्।’

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व भताभुंग भएको टिप्पणी गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने ट्रम्पले कूटनीतिलाई धोका दिएको र वार्ताको टेबलमा बमबारी गरेको आरोप लगाएका छन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।