शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

Share:
137

धादिङ, फागुन ११ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १२ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको खुलेको छ। बसमा ४४ जना सवार रहेको बताइएको छ। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।

मध्यरातमा घएको दुर्घटनाको उद्धारमा समस्या भएको थियो। जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धारमा सक्रियता देखाएका थिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।