शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा

Share:
110

माघ १६ । शुक्रबारबाट दुई नेपाली फिल्महरू ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ प्रदर्शनमा आएका छन्। ‘द ब्लू लाइट’ मा नायकहरू अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी तथा नायिकाहरू बेनिशा हमाल र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।

‘आबाट आमा’ मा नायक पल शाह, नायिकाहरू सिम्रन पन्त र उषा उप्रेती शीर्ष भूमिकामा छन्। यसमा भारतीय कलाकार प्रदीप रावत पनि छन्।

‘द ब्लू लाइट’ बाट बलिराम चौहानले निर्देशनमा डेब्यू गरेका हुन्। ‘आबाट आमा’ निर्देशक चन्द्र पन्तको दोस्रो फिल्म हो। उनको डेब्यू फिल्म ‘ह्रस्व दीर्घ’ हो। प्रदर्शनको पहिलो दिनका लागि ‘आबाट आमा’ ले ‘द ब्लू लाइट’ को भन्दा दोब्बर शो पाएको छ। ‘द ब्लू लाइट’ ले ८५ र ‘आबाट आमा’ ले १७० भन्दा बढी शो पाएका छन्। शो वितरणमा हलहरू ‘आबाट आमा’ प्रति उदार देखिन्छन् भने ‘द ब्लू लाइट’ लाई उपेक्षा गरिएको देखिन्छ।

शुक्रबारदेखि यी दुईले बक्स अफिस प्रतिस्पर्धा सुरू गरेसँगै अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परिवर्तन’ को शो स्वाभाविक रूपमा घटेको छ। साताभर न्यून अकुपेन्सीमा चलेको यो फिल्मले शुक्रबार १२ शो पाएको छ। नायक सुशील श्रेष्ठ र नायिका अन्जना बराइली स्टारर यो फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन। यो व्यापारिक रूपमा लोपोन्मुख बनेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।