बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

Share:
114

युक्रेन, माघ १४ । युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मंगलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य गर्न मस्को माथि दबाब बढाउन सहयोगीहरूलाई आग्रह गरेका छन् ।

“बिलोगोरोद्स्का समुदायमा, एक पुरुष र एक महिलाको आक्रमणको कारण मृत्यु भएको किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राम मार्फत जनाउनु भएको छ।

युक्रेन प्रहरीले पछिल्लो बयानमा मृत दम्पतीको चार वर्षीय बच्चासहित आक्रमणमा अन्य तीन जना घाइते भएको बताएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमका अनुसार मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

अमेरिकी संयोजकत्वमा गत हप्ता संयुक्त अरब इमिरेट्समा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले रूस र युक्रेनी वार्ताकारहरू बिच छलफल भए पछि धेरै युक्रेनीहरूलाई अत्यधिक चिसो र जाडोको समयमा उर्जा विहीन बनाउन घातक आक्रमणहरू जारी रहेको जनाइएको छ ।

जेलेन्स्कीका अनुसार अर्को चरणको वार्ता आगामी फेब्रुअरी– १ मा हुने अपेक्षा गरिएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।