मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

रत्ननगर महोत्सवमा रक्तदान : २०७ युनिट रगत संकलन

Share:
261

रत्ननगर, माघ ५ । रत्ननगर महोत्सव परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २०७ युनिट रगत संकलन भएको छ ।

ब्लड डोनर सोसाइटी रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा २०७ जनाले रक्तदान गरेको र ५ हजार बढीलाई रक्तदानको लागि उत्प्रेरणा प्रदान गरिएको ब्लड डोनर्स सोसाइटी नेपाल रत्ननगर कमिटी अध्यक्ष रमेश नेपालले जानकारी दिए ।

रक्तदान गर्ने मध्ये ६० प्रतिशत नयाँ रक्तदाता रहेको उनले बताए । समापन कार्यक्रमा रत्ननगर उवासंघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले महोत्सव स्थलमा आएर रक्तदान गर्ने प्रति आभार प्रकट गर्दै रक्तदान कार्यक्रमले महोत्सवको गरिमा बढाएको बताए ।

समापन कार्यक्रममा ब्लड डोनर्स सोसाइटीका केन्द्रीय सचिव अन्जन तिवारी, जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपीन पाठक, रत्ननगरका सल्लहाकारहरु सुरज अधिकारी, बसन्त राना लगायतको उपस्थिति रहेको थियो ।

सचिव रामु पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव रेग्मीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

सोसाइटी रत्ननगरलाई रक्तदाताको नगरको रुपमा घोषण गर्दै टिकौलीमा होडिङबोर्ड समेत राखेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।