शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

Share:
212

आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार । सन् २०२६ जनवरी २ तारिख ।  पुस शुक्ल पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृष : उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ । व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कर्कट : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंह :स्वास्थ्यले साथ दिनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर मन अशान्त बन्नसक्छ ।

कन्या : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

तुला : दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारमा मेलमिलाप बढ्नेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ ।

धनु : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्नसक्छ । दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मकर : गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ । मानसिक रुपमा खटपटी बढ्नेछ । मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मीन : आज सोचेका काम पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।