शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

चितवन हात्ती महोत्सव : आज सुन्दरी र हात्तीको उपचार

Share:
141

सौराहा, पुस १२ । सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज हात्तीसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना हुँदैछन् ।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम अन्तर्गत प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर तथा हात्ती एवं वन्यजन्तुसम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सव आयोजक समितिका संयोजक गुणराज थपलियाका अनुसार आजै पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा हात्ती फुटबल (पेनाल्टी सुटआउट) प्रतियोगिता पनि सञ्चालन हुनेछन् ।

जारी महोत्सवका कारण देश तथा विदेशबाट आएका पर्यटकको सौराहामा बाक्लो उपस्थिति देखिएको छ । उहाँका अनुसार महोत्सव अवधिमा पर्यटक आगमन ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

महोत्सवमा हात्तीमैत्री गतिविधि मात्र सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । वि।सं। २०५५ सालदेखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उहाँको भनाइ छ ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ । तीन दिनसम्म चल्ने महोत्सवको आज दोस्रो दिन हो । सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्ती पूजा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । साथै यहाँ आउने पर्यटक तथा दर्शकका लागि निःशुल्क विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । महोत्सवका हात्ती गतिविधिमा सरकारी तथा निजी गरी करिब ८० वटा हात्ती सहभागी रहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।