रत्ननगर । रत्ननगरका १४ देखि २६ वर्ष उमेर समूहका युवाहरूको नेतृत्व विकासका लागि क्रियाशील संस्था रत्ननगर जुनियर जेसिजको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा जु. जेसि सुगन रेग्मी, कार्यकारिणी उपाध्यक्षमा जु. जेसि विनायक भट्ट र जु. जेसि वसन्त सिलवाल निर्वाचित भएकाे रत्ननगर जुनियर जेसिजका वर्तमान अध्यक्ष जु. जेसि बिमर्श अधिकारीले जानकारी दिनुभयाे ।

अधिवेशनबाट उपाध्यक्षमा जु. जेसि सौगात रेग्मी, जु. जेसि सुसन नेपाली, जु. जेसि अस्मिता बोहोरार जु. जेसि राजन खड्का निर्वाचित भएका छन्। यस्तै, निर्देशक पदमा जु. जेसि आर्यन खड्गी, जु. जेसि सिमा सापकोटा, जु. जेसि सुबिग भट्टराईतथा जु. जेसि अपिल खनाल निर्वाचित भएका छन्। अधिवेशनको निर्वाचन प्रक्रिया जु. जेसि सन्दर्भ खनालको निर्वाचन अधिकृतको भूमिकामा सम्पन्न भएको थियो।
यसैबीच अध्यक्ष जु. जेसि सुगन रेग्मीले विधानअनुसार पदाधिकारीहरू मनोनयन गर्नुभएको छ। मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जु. जेसि रोजा सुवेदी, महासचिवमा जु. जेसि मिलन लामिछानेतथा कोषाध्यक्षमा जु. जेसि बिराज अर्याल रहनुभएको छ।

रत्ननगर जुनियर जेसिज युवाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। संस्थाले रत्ननगर क्षेत्रमा सामाजिक, शैक्षिक, नेतृत्व विकास तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा युवामैत्री तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ।








